skip this farak Kura Pravakar

आन्तरिक राजस्व कार्यालय सिमराले बजार अनुगमन गर्दा व्यवसायिलाई त्रास !

प्रमुख कर अधिकृत खतिवडालाई भेटेर राखे गुनासो

1.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जीतपुरसिमरा उपमहानगरस्थित विभिन्न बजारहरुमा आन्तरिक राजश्व कार्यालय सिमराले अनुगमन गरेपछि व्यवसायिमा त्रास पुर्ण परिस्थिति सृजना भएको जनाईएको छ ।

व्यवसायि सम्वद्ध संघ संस्थाका अगुवाहरुले बजार अनुगमनका क्रममा कर कार्यालयको अनुगमनले व्यवसायिमा त्रास सृजना भएको जनाएका हुन् ।

जीतपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने कर कार्यालयको अनुगमनबारेमा संघको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

नियमित बजार अनुगमन हुनु स्वागत योग्य नै रहेको भन्दै अनुगमनका क्रममा ब्यावसायिहरुलाई अपशब्द प्रयोग गर्ने जथाभावि जवरजस्ति जरिवानाको पत्र थमाउने जस्ता गतिबिधिले प्रति संघले आपत्ती जनाएको छ ।

‘यस्तो व्यवहारले पक्कैपनि सोचेअनुरुप राजश्व संकलनमा बृदि हुन सक्दैन,’ अध्यक्ष शर्माले भने–कर तिर्ने उद्योगि ब्यावसायि र राजश्व उठाउने निकायबिचको सम्बन्ध सुमधुर हुन जरुरी छ ।

चाडपर्वको आगमन सँगै ब्यावसायिहरुको मनोवल उच्च बनाउनु जरुरी रहेको भन्दै शर्माले नव प्रवेशी उद्योगि तथा ब्यावसायिहरु एवम् सबै प्रकारका करदाताहरुलाई करदाता शिक्षा दिनु जरुरी रहेको जनाए । त्यसका लागि अन्तर्कृया गर्न र समन्वय र सह्कार्य गर्न संघ तयार रहेको उल्लेख गरे ।

उनले नेपाल सरकारले जारी गरेको नियम र कानुनलाई पालना गरि बिल बिजक अद्यावधिक राख्ने, कर पाटिका देखिने गरि राखिदिनु हुन व्यवसायिलाई शर्माको आग्रह छ । उनले सम्बन्धित निकायहरु उद्योग बाणिज्य संघ र आन्तरिक राजश्व कार्यालयमा ब्यावसाय दर्ता गरि स्थाई लेखा नम्बर लिएर मात्र ब्यावसाय सञ्चालन गर्न शर्माले अनुरोध गरेका छन् ।

व्यवसायिले भेटे अधिकृत

वर्तमान समयमा जीतपुर सिमरा लगायत बारा जिल्लाभरिको व्यावसायिका जल्दाबल्दा समस्या र आन्तरिक राजस्व कार्यालय सिमराको भुमिकाको बारे व्यसायिले प्रमुख कर अधिकृतसँग छलफल गरेका छन् ।

प्रमुख कर अधिकृत राजकुमार खतिवडालाई भेट्न जीतपुर नगर उद्योग वाणिज्य संघ, बारा चेम्बर अफ कमर्स, जीतपुरसिमरा चेम्बर अफ कमर्सलगायतका व्यावसायिक संघ संगठनका अगुवाले भेटघाट गरेका हुन् ।

जीतपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, बारा चेम्बर अफ कमर्सका अध्यक्ष रुपेश कुमार पोखरेल लगायत सहभागि थिए ।

nijgadh-supermart-adz1200-630