यस हुन् १७ जना महिलालाई झुक्याएर करोडौं ठगी गर्ने ठग
वि.सं.२०७८ फागुन ५ बिहीवार १६:११

काठमाडाैं । आफूलाई कहिले डाक्टर कहिले स्वास्थ्यउ मन्त्रालयको बरिष्ठ अधिकारी बताएर १७ जना महिलालाई आफ्नो जालमा फसाएर उनीहरुसँग बिहे गर्ने र पैसा ठग्ने धूर्त व्यक्ति पक्राउ परेका छन् ।
६६ वर्षका रमेश चन्द्र स्वाइलाई आइतबार अबेर राती भुवनेश्वरको खंगगिरी इलाकामा रहेको एक अपार्टमेन्टबाट गिरफ्तार गरिएको हो । सोमबार डिभिजनल ज्युडिशियल मजिस्ट्रेटले उनलाई न्यायिक हिरासतमा पठाएका छन् ।
चिल्ला कुरा गरेर महिलाहरुलाई फसाउने रमेशमाथि ८ राज्यका १७ जना महिलालाई झुक्याएर बिहे गरेको र उनीहरुको पैसा ठगेको आरोप छ । यी १७ जना महिलामध्ये ४ जना ओडिशाका, असमका ३ जना, दिल्लीका ३ जना, मध्य प्रदेश र पंजाबका २–२ जना तथा उत्तर प्रदेश, झारखण्ड र छत्तीसगढका १–१ जना छन् । भुवनेश्वरका डिसीपी उमाशंकर दासले भने ‘रमेशले यी १७ जना बाहेक अरु महिलाहरुलाई पनि आफ्नो जालमा फसाएको सम्भावना अस्वीकार गर्न सकिन्न ।’
भुवनेश्वर पुलिसले जुन मुद्दामा रमेशलाई खोजिरहेको थियो त्यो उजुरी उनले ठगेका १७ मध्ये एक महिलाले दर्ता गराएकी थिइन् । दिल्लीको एक स्कुलमा पठाउने महिला रमेशकी अन्तिम शिकार थिइन् । आफूलाई स्वास्थ्य मन्त्रालयको उप निर्देशक बताउँदै रमेशले यी महिलासँग नाता जोडे र २०२० मा कुबेरपुरीको आर्य समाज मन्दिरमा उनीसँग बिहे गरे । केही दिन दिल्लीमा बसेपछि रमेश आफ्नी नयाँ दुलही लिएर भुवनेश्वर गए र खंडगिरीमा एक अपार्टमेन्टमा बस्न थाले ।
भुवनेश्वरमा बस्ने क्रममा दिल्लीकी यी महिलालाई कुनै तरिकाले रमेश पहिले नै विवाहित भएको थाहा भयो । यसबारे पूरै पुष्टि गरेपछि उनले ५ जुलाइ २०२१ मा भुवनेश्वरको महिला थानामा रमेशविरुद्ध उजुरी दिइन् र आफू दिल्ली फर्किइन् । भुवनेश्वर पुलिसले उजुरी दर्ता गरेर रमेशको खोजी सुरु गर्यो । तर, रमेशलाई सम्भवतः यो कुराको जानकारी भएपछि उनले आफ्नो मोवाइल नम्बर बदले र भुवनेश्वरबाट भागे । पुलिसका अनुसार भुवनेश्वरबाट भागेपछि उनी गुवाहाटीमा आफ्नी अर्की पत्नीसँग बसेका थिए ।
७ महिनापछि अब यो कुरा सेलायो भन्ने ठानेर रमेश भुवनेश्वर फर्किए तर उनलाई थाहा थिएन कि उनकी दिल्लीवाली पत्नीले त्यहाँ सुराकी लगाइराखेकी थिइन् । यी सुराकीले रमेश खंडगिरीको अपार्टमेन्टमा फर्केर आउनासाथ यी महिलालाई खबर दिए । महिलाले यो सूचना भुवनेश्वर पुलिसलाई दिइन् र अन्ततः वर्षौंदेखि महिलाहरु र पुलिसलाई झुक्याएर भागिरहेका रमेश पक्राउ परे । ओडिशाको केन्द्रापाडा जिल्ला निवासी रमेशको पहिलो विवाह १९८२ मा भएको थियो । आफ्नी पहिली पत्नीबाट उनका ३ छोरा छन् । तीनैजना डाक्टर हुन् र विदेशमा बस्छन् ।
भुवनेश्वर पुलिसले अहिलेसम्म पाएको जानकारी अनुसार रमेशले दिल्लीकी आफ्नी शिक्षिका पत्नीसँग १३ लाख र सेन्ट्रल आर्म्ड पुलिसकी एक महिला अधिकारीसँग १० लाख रुपैयाँ ठगेका थिए । उनका अन्य धोकाका कर्तुतबारे पुलिसले जानकारी जुटाइरहेको छ । चतुर रमेश आफ्नो शिकार निकै सावधानीका साथ छान्थे । शिकार खोज्नको लागि उनी धेरैजसो मेट्रिमोनियल साइटको सहारा लिन्थे । उनी यस्ती महिला छान्थे जसको उमेर बढिसकेपछि पनि बिहे भएको छैन वा जसको सम्बन्धविच्छेद भइसकेको छ वा पतिसँग छुट्टिएर बसेकी छिन् । शिकार निश्चित गर्ने क्रममा उनी यो कुराको खास ख्याल गर्थे कि महिला जागिरे र धेरै पैसावाली होउन् ।
डिसीपी दासका अनुसार यस सम्बन्धमा भुवनेश्वर पुलिसले हैदराबाद पुलिससँग सम्पर्क गरेर थप जानकारी जुटाइरहेको छ । यसका अलावा रमेशले २००६ मा मेडिकल विद्यार्थीलाई शिक्षा ऋण दिलाउनको लागि फर्जी दस्तावेज दिएर केरलका विभिन्न बैंकबाट एक करोडभन्दा धेरै रकम ठगी गरेका थिए । यो मामिलामा पनि उनी गिरफ्तार भएका थिए तर केही समयपछि धरौटीमा रिहा भएका थिए ।
यतिमात्र होइन रमेशले एक गुरुद्वारालाई मेडिकल कलेज खोल्ने अनुमति दिलाउने भन्दै झुक्याएर १३ लाख रुपैयाँ ठगेका थिए । स्राेत :bbc.com/hindi
वि.सं.२०७८ फागुन ५ बिहीवार १६:११
















