skip this

पाकिस्तान र आईएमएफ एमईएफपी सम्झौता गर्न असफल

579 shares
oil-nigam-amlekhgunj-adv.jpeg

इस्लामावाद : पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) आर्थिक तथा वित्तिय नीतिसम्बन्धी सम्झौता (एमईएफपी) मा सहमति जुटाउन असफल भएका छन् ।
पाकिस्तानमा ६ बिलियन अमेरिकी डलर बराबरको इक्सटेन्डेड फन्ड फेसिलिटीको छैटौँ समीक्षा गर्न असफल भएको बताइएको छ।
पाकिस्तान अहिले निकै कठिन अवस्थामा रहेको छ । विदेशी ऋण सबैभन्दा बढी भएको शीर्ष १० मुलुकको सूचीमा रहेको पाकिस्तान अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिँदा पनि र नलिँदा पनि खतराको अवस्थामा पुगेको छ।पछिल्लो दुई सातामा पाकिस्तानको स्टेट बैंकले विदेशी मुद्रा १.६ बिलियन डलरले गिरावट आएको जनाएको थियो ।
इस्लामावादले एक बिलियन अमेरिकी डलर अन्तर्राष्ट्रिय सुकुन्ड बोन्डका लागि भुक्तान गरेपछि उक्त गिरावट आएको बताइएको छ ।
त्यसैगरी मुद्रास्फितीले पनि पाकिस्तानलाई संकटमा पुर्याएको छ। यस साता सेन्सेटिभ प्राइस इन्डेक्स (एसपीआई) १४.५ प्रतिशत पुगेको र यो सातामात्रै १.४ प्रतिशतका दरले वृद्धि भएको बताइएको छ ।प्रधानमन्त्रीका बित्तिय तथा राजस्व सल्लाहकार सउकत तारिनले उक्त वार्तालाई टुंगोमा नपुर्याउँदै साउदी अरब प्रस्थान गरेका हुन् ।

nijgadh-supermart-adz1200-630