skip this yams_Max_Hospital.jpeg

बेजोसलाई पछि पार्दै अर्नल्ट बने विश्वकै धनी

993 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : फ्रान्सेली धनाढ्य बर्नार्ड अर्नल्ट विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
फोर्ब्सको रियल टाइम अर्बपतिको सूचीमा लक्जरी गुड्स कम्पनी एलभीएमएचका सीईओ अर्नल्टले अमेजनका सीईओ जेफ बेजोसलाई पछि पारेका हुन् ।
बिहीबारको बजारअनुसार अर्नल्टको सम्पत्ति एक खर्ब ९९ अर्ब डलर पुगेको छ । बेजोसको सम्पत्ति भने एक खर्ब ९३ अर्ब डलरमा आइपुगेको छ । बिहीबार एकैदिन बेजोसको सम्पत्ति १३ अर्ब डलरले घटेको थियो । टेस्लाका सीईओ एलन मस्कको सम्पत्ति एक खर्ब ८४ अर्ब डलर छ ।
अर्नल्ट विश्वकै धनी व्यक्ति बनेको यो पहिलोपटक भने होइन । यसअघि सन् २०१९ को डिसेम्बर, २०२० को जनवरी, २०२१ को मे र २०२१ को जुलाईमा उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । एजेन्सीहरुको सहयोगमा

nijgadh-supermart-adz1200-630