भारतमा थप ३९ हजार संक्रमित, ४९१ संक्रमितको मृत्यु

वि.सं.२०७८ साउन २४ आइतवार ०७:४०

**EDS: RPT CORRECTS TYPO** New Delhi: Medics attend to a COVID-19 patients at Shehnai Banquet Hall, temporarily converted into an isolation ward, as coronavirus cases surge across the country, near Lok Nayak Jai Prakash (LNJP) Hospital in New Delhi, Tuesday, April 13, 2021. (PTI Photo/Manvender Vashist) (PTI04_13_2021_000116A)
काठमाडौँ : भारतमा थप ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३९ हजार ७० जनामा संक्रमण भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १९ लाख ३३ हजार ५५३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १३ हजार ५६४ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन ४९१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २७ हजार ८९२ पुगेको छ ।

वि.सं.२०७८ साउन २४ आइतवार ०७:४०