युरोकप छनोटमा माल्टामाथि इटालीको जित
वि.सं.२०७९ चैत १३ सोमवार १०:१४
867
shares

काठमाडौं । युरोकप छनोटमा इटालीले पहिलो जित हात पारेको छ । आइतबार राति माल्टालाई २–० गोल अन्तरले हराउँदै इटालीले पहिलो जित निकालेको हो । माल्टाको यो लगातार दोस्रो हार हो ।इटालीको जितमा माटियो रेटेगुई र माटियो पेसिनाले एक एक गोल गरेका थिए ।
खेलको १५ औं मिनेटमा रेटेगुईले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको २७ औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २–० को जित दिलाए ।जितसँगै इटालीले २ खेलमा ३ अंक जोडेको छ ।इटाली समूह सी को दोस्रो स्थानमा रहेको छ ।
वि.सं.२०७९ चैत १३ सोमवार १०:१४

















