skip this

जीतपुरसिमराका मेयरले पुरा गरे चुनावी बाचा ! कक्षा ५ सम्मका विद्यार्थीको भर्ना हुने वित्तिकै पोशाक पाउने

विद्यालय भर्ना हुँदा विद्यार्थीलाई अब चाडपर्व जस्तै उत्सवको अनुभूती हुन्छ : मेयर पौडेल

2.93K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले विद्यालय भर्ना हुँदा विद्यार्थीलाई अब चाडपर्व जस्तै उत्सवको अनुभूती हुने बताएका छन् ।

मेयरमा निर्वाचित भएपछि गरेको पहिलो निर्णय कार्यान्वयन गर्न सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित विद्यालय पोशाक वितरण कार्यक्रममा बोल्दै मेयर पौडेलले विद्यालय भर्ना गर्न जाँदै गर्दा नगरपालिकाबाट नयाँ पोशाक पाईने भन्ने भएपछि विद्यार्थीमा चाडपर्व जस्तो अनुभुती हुने बताएका हुन् ।

‘यसले चाडपर्वको जस्तो उत्सवको मनोविज्ञान गराउँछ’, मेयर पौडेलले भने–‘नयाँ पोशाक नहुँदाको दबाबको मुक्ति दिन्छ । भर्ना हुने वित्तिकै सबैले एकै पटक पोशाक लगाउने भएपछि एकरुपता कायम हुन्छ । यसले मनोविज्ञानका रुपमा धनी र गरिबको भावना हटाउन मद्दत गर्नेछ ।’

विद्यालय आउने साना बालबालिकालाई विद्यालय पोशाक अनिवार्य गरिएको हुन्छ तर अभिभावकका घरायसी अनेक समस्याका हुने भएकाले केहिले सुरुमै किनिहाल्ने र केहिले लामो समयसम्म पनि विद्यालय पोशाक खरिद गर्न नसक्ने अवस्था हुुने गरेको मेयर पौडेलले सुनाए ।

एक कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीको विद्यालय पोशाक नगरपालिकाले आफ्नो साधन स्रोतहरुबाट उपलब्ध गराउने निर्णय गरेको थियो । चालु शैक्षिक सत्रबाट सुरु गरिएको यो कार्यक्रमलाई आगामी वर्षका लागि पनि निरन्तर हुने गरि बजेट सुनिश्चित गरिएको मेयर पौडेलले जानकारी दिए ।

मेयर पौडेलले चुनावी घोषणालाई पूरा गरेको बताउँदै शिक्षा क्षेत्रको सम्मुनत विकासमा उपमहानगर लागि परेको धारण राखे । नगरपालिकाले शैक्षिक सुधारको अभियान थालेको भन्दै मेयर पौडेलले त्यसमा सहकार्य र सहयोग गर्न आह्वान समेत गरे ।

पोशाक वितरण सुरु

बाराको जीतपुरसिमरा उपमहानगरपालीका २ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा मंगलवार पोशाक तथा छात्रवृत्ति वितरण समारोह आयोजना गरिएको थियो । मेयर पौडेलले पोशाक वितरण गरेर अभियानको शुभारम्भ गरेका छन् ।

विद्यालयमा अध्ययनरत् कक्षा १ देखी ८ सम्मका सवै छात्राहरु र दलित विद्यार्थीहरु करिव ४ सय लाई छात्रवृत्ति वितरण गरिएको छ । त्यसैगरी वालविकास देखी कक्षा ५ सम्मका सवै वालवालिकाहरुलाई पोशाक वितरण गरिएको विद्यालयका लेखा अधिकृत उद्धव अधिकारीले जानकारी दिए ।

खेलाडीलाई जर्सी वितरण

कार्यक्रमका सिमरा फाउन्डेसनले विद्यालयका १५ खेलाडी बालवालिकालाई जर्सी वितरण गरिएको छ ।

सिमरा फाउन्डेसनका अध्यक्ष आरिफ हुसेन र सचिव त्रिलोक विक्रम शाहले संयुक्त रुपमा जर्सी वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै साहले विद्यार्थीहरुलााई खेल क्षेत्रमा आकर्षित गरी अनुशासनको दायरालाई बलियो बनाउन आगामी दिनमा समेत फाउन्डेसनले सहकार्य गर्ने बताए ।

नगरका शिक्षा महाशाखा प्रमुख शिवजी प्रसाद, वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा वस्नेत, सदस्य कृष्णकुमार अधिकारी, विद्यालयका प्रधानाध्यापक शंकरकुमार आचार्य, सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलालगाएत शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक गोपी अधिकारीले गरेका थिए ।

nijgadh-supermart-adz1200-630