skip this

राैतहटमा चिरपट प्रहार गरी आफ्नै बाबुको हत्या

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

रौतहट-रौतहटमा एक जनाले आफ्नै बुवाको हत्या गरेका छन् ।

जिल्लाको चन्द्रपुर नगरपालिका-६ का ३२ वर्षीय प्रकाश राईले आफ्नै बुवा ५५ वर्षीय निर कुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेका हुन् । उनलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरपट प्रहार गर्दा गम्भीर घाइते भएका निर कुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630