skip this farak Kura Pravakar

मन्त्रीको क्षेत्रमामात्र बजेट केन्द्रित गरे बजेट पुस्तक च्यात्ने किसानको चेतावनी (भिडियो)

मधेसको प्रधानमन्त्री नभएर विकास नभएको हो कि ?

1.97K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–बारा क्षेत्र नं. ४ बाट निर्वाचित नेकपा (एकिकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले मधेसको प्रधानमन्त्री नभएर विकास नभएको हो कि ? भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०–८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले मधेसमाथि सरकारले जहिल्यै पनि विभेद गरेकाले त्यसको अन्त्य हुनु पर्ने बताएका छन् ।

मधेसको विकास विना देशको विकास नहुने भन्दै मधेस उर्भर भूमी र उद्योगमार्फत विकास गर्न आवश्यक रहेको उल्लेख गरे । पूर्व श्रम मन्त्री समेत रहेका श्रेष्ठले मन्त्रीको क्षेत्रमा मात्र विकास बजेट केन्द्रित गरेर अन्य सांसदलाई विभेद गरिए बजेट पुस्तक च्यात्ने चेतावनी दिए ।

उनले मधेसका कृषकले विभिन्न खाले समस्या भोग्दै आएको भन्दै कृषिलाई प्राथमिकता राखेर बजेट ल्याउन उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
उनले पथलैया लगायत जिल्लाभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे ।

अम्लेखगञ्जको खानेपानी समस्या समाधान गर्न, श्रम अस्पताल कार्यान्वयन कार्यान्वयन गर्न र प्राविधिक शिक्षालयको समस्या समाधान गर्नेबारेमा समेत बजेटमा व्यवस्था गर्न आग्रह गरे ।

सरकारले मिटर ब्याजीलाई कारबाही गर्न कानून बनाएकोमा धन्यावाद दिदै पीडितलाई न्याय र दोषीलाई तत्काल कारबाही प्रकृया अघि बढाउन सांसद श्रेष्ठले सरकारको ध्यानाकर्षण गराए ।

संसदको रोष्टमबाट श्रेष्ठले नागरिकता समस्या समाधान गर्न राष्ट्रपतिलाई नागरिकता विधेक प्रमाणिकरण गर्न आग्रह गरे ।

भिडियो :

https://www.facebook.com/faraknepaltv/videos/606499921446068

nijgadh-supermart-adz1200-630