skip this

स्थानीय तह निर्वाचन : धमाधम लाईसेन्सवाला हातहतियार जम्मा गर्दै प्रशासन

1.79K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । बैशाख ३० मा स्थानीय तहको निर्वाचन एकै चरणमा हुदैछ । निर्वाचन नजिकिएसंगै स्थानीय प्रशासनले सुरक्षा केन्द्रीत योजना सुरु गरेका छन् ।

निर्वाचनमा हुन सक्ने हतियारको प्रयोगलाई निरुत्साहित गर्न स्थानीय प्रशासनले इजाजत लिएर राखिएका हातहतियार समेत बुझाउन सूचना जारी गरिरहेका छन् ।

देशभरका ७७ जिल्लाका प्रशासन कार्यालयले हातहतियार बुझाउन निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारीले सूचना जारी गरि मा चैत मसान्तभित्र बुझाउन निर्देशन दिइरहेका छन् ।

गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए । ‘निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका इजाजत प्राप्त सबै हतियार बुझाउन निर्देशन दिएका छौं,’ प्रजिअ कटुवालले भने–प्रहरी कार्यालयमा बुझाएका हातहतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ ।

निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

nijgadh-supermart-adz1200-630