आदर्श कोतवाल गाउँपालिकामा युवाहरुले अनिश्चितकालीन तालाबन्दी

वि.सं.२०८२ असोज २७ सोमवार १७:५५

बारा-बत्ती (स्ट्रिट लाइट) जडानको माग गर्दै प्रदीप कुशवाहाको नेतृत्वमा स्थानीय युवाहरुले आदर्श कोतवाल गाउँपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
युवाहरुले अस्थायी असीहरुको सट्टामा स्थायी रूपमा स्ट्रिट लाइट जडान गरी पाउँ भनी गाउँपालिका कार्यालयमा ध्यानाकर्षण गराउन प्रयास गरे पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै कार्यालयमा उपस्थित नभएको र जनप्रतिनिधिहरूले युवाहरुको मागलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
गाउँपालिका नेतृत्वको “तानाशाही प्रवृत्ति” भन्दै असन्तुष्टि जनाएका युवाहरुले समस्या समाधानका लागि छलफल नभएसम्म तालाबन्दी जारी रहने बताएका छन् ।
तालाबन्दीको नेतृत्वमा रहेका युवाहरुमा प्रदीप प्रसाद कुशवाहा, दिवेश कुमार कुशवाहा, अशोक कुमार यादव, राजन यादव, गुड्डु यादव, कमलेश कुमार यादव, प्रमोद यादव आनन्द, सुकेश गुप्ता, कमोद यादव र साहेव गुप्तालगायत रहेका छन् ।
युवाहरुले आफ्नो माग पूरा नगरेसम्म आन्दोलन निरन्तर रहने चेतावनी दिएका छन् ।

वि.सं.२०८२ असोज २७ सोमवार १७:५५