skip this farak Kura Pravakar

कलैयामा ११ के.भी. लाइन निर्माणका कारण ६ घण्टा विद्युत सेवा अवरुद्ध हुने

828 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले यही सोमबार  ११ के.भी. लाइन निर्माण कार्य हुने भएकाले विद्युत आपूर्तिमा अस्थायी अवरोध हुने जानकारी दिएको छ ।

कलैया वितरण केन्द्रका अनुसार टाटा प्रोजेक्ट मार्फत लाइन निर्माण कार्य हुने भएकाले वितरण केन्द्र अन्तर्गतका फेटा, गमहरिया, धर्मनगर, मटिअर्वा, निलकण्ठा र बसतपुर क्षेत्रका ग्राहकहरूमा बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजे सम्म विद्युत सेवा अवरुद्ध रहनेछ।

वितरण केन्द्रले उक्त अवधीमा वैकल्पिक व्यवस्था मिलाउन उपभोक्तालाई अनुरोध गर्दै विद्युत अवरोधका कारण पर्न सक्ने असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाएको छ।

नेपाल विद्युत प्राधिकरणले विद्युत सञ्जाल सुदृढीकरण र सेवा सुधारका लागि निरन्तर प्राविधिक कार्य भइरहेको जनाएको छ।

nijgadh-supermart-adz1200-630