skip this

राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष उम्मेदवार बनाउनु संविधानको मर्म विपरित–एमाले

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ  । उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने नेकपा (एमाले)ले निष्कर्ष निकालेको छ । आज बिहान बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष हुन नमिल्ने निष्कर्ष निकालेको हो ।नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार उठाउनु संविधानको मर्म विपरीत भएको बताएका छन्।

एमालेले आज विज्ञप्ति जारी गर्दै भनेको छ,आजको बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषयमा पनि छलफल भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या भइरहेको प्रति पार्टी गम्भीर रहेको छ । त्यस खालको व्याख्या संविधानको मर्मविपरीत हुने पार्टीको ठहर रहेको छ । ’

nijgadh-supermart-adz1200-630