आधारभूत विद्यालय समितिको गणितीय दौड प्रतियोगिता सम्पन्न
वि.सं.२०८१ कात्तिक ३० शुक्रवार १९:५५
भक्तपुर-आधारभूत विद्यालय समितिको वार्षिक कार्यतालिका अनुसार ज्ञानविजय आविको संयोजनमा शुक्रबार समितिस्तरीय अन्तर विद्यालय गणितीय दौड प्रतियोगिता सम्पन्न भयो ।
उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नगरपालिकाले जन्मदेखि मृत्युसम्मको आवश्यक बन्दोबस्त गरिरहेको बताउँदै यहि मंसिर २८ देखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवलाई सफल पार्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरे ।
उनले विद्यार्थीहरुको प्रतिभा प्रफुस्टनको लागि अतिरिक्त क्रियाकलाप आवश्यक भएको बताउँदै नगरबासीलाई सक्रिय बनाउने विभिन्न गतिविधिहरु समेत नगरपालिकाले गरिरहेको बताए ।
ज्ञानविजय आविका विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विनोदचरण रायले विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापबाट विद्याथीहरुको शारीरिक र बौद्धिक क्षमता अभिवृद्धि हुने बताए ।
समितिका पूर्व अध्यक्ष एवं निर्णायक मण्डलका दीपक माकले गणित विषयको सिकाई उपलब्धी बृद्धि गर्न तथा विद्यार्थीहरुको सर्वागिङ्ण विकासमा यस्ता प्रतियोगिताले सहयोगी भूमिका खेल्ने बताए ।
आयोजक समितिका सहसचिव कृष्णप्रसाद सुवालको सभापतित्वमा भएको सो कार्यक्रममा संयोजन विद्यालयका प्रधानाध्यापक विन्द्रा दुवालले स्वागत गरे ।
प्रतियोगिताको कक्षा १ देखि ३ सम्मको छात्रतर्फको गणितीय दौड प्रतियोगितामा जनसेवा आविका टोप राई प्रथम, सन्तति आविका आशिक ठाकुर द्धितीय, समाजसुधार माविका अमर लो तृतीय तथा हंशबाहिनी आविका आशिक कुमार ठाकुर र नवीन आविका रोनियन चिकंवञ्जार सान्त्वना भएका थिए ।
त्यसैगरी कक्षा १ देखि ३ सम्मको छात्रा गणितीय दौड प्रतियोगितामा समाजसुधार माविका प्रियांशु शाह प्रथम, ब्रम्हायणी आविका अनिशा ठाकुर द्धितीय, सन्तति आविका रोशनी स्याङताङ तृतीय तथा जनसेवा आविका सुनिता तामाङ र उदय आविका आश्मा तामाङ सान्त्वना भएका थिए ।
कक्षा ४ र ५ को छात्र गणितीय दौड प्रतियोगितामा तारा माविका रोनिश योञ्जन प्रथम, ब्रम्हायणी आविका अनिल कुमार ठाकुर द्धितीय, बालसेवक आविका रेमन तामाङ तृतीय तथा नवीन आविका मनिक शाही र समाज सुधार माविका प्रेमित बेकोजू सान्त्वना भएका थिए ।
कक्षा ४ र ५ को छात्रा गणितीय दौड प्रतियोगितामा गणेश माविका अनुपा कुमाल प्रथम, नवीन आविका जेनिशा कपाली द्धितीय, सन्तति आविका प्रतिक्षा माझी तृतीय तथा तारा माविका प्रगति भण्डारी र समाज सुधार माविका प्राश्ना तामाङ सान्त्वना भएका थिए ।
कक्षा ६ देखि ८ सम्मको छात्र गणीतीय दौड प्रतियोगितामा ज्ञानविजय आविका पूर्ण सुनार प्रथम, गणेश माविका पवन प्रधान द्धितीय, तारा माविका चैतन्य प्रजापति तृतीय तथा नवीन आविका एरीस बोहजू सान्त्वना भएका थिए ।
कक्षा ६ देखि ८ सम्मको छात्रा गणीतीय दौड प्रतियोगितामा गणेश माविका पूर्णिका तामाङ प्रथम, ज्ञानविजय आविका रैसा ठकुरी द्धितीय, नवीन आविका आशलक्ष्मी दुवाल तृतीय तथा भीम आदर्श आविका दिपीका गुप्ता सान्त्वना भएका थिए ।
प्रतियोगितामा १७ वटा विद्यालयका ६९ जना विद्यार्थी सहभागि थिए ।
वि.सं.२०८१ कात्तिक ३० शुक्रवार १९:५५