राष्ट्रपति र उपसभापति गुरूङबीच भेट,अब राष्ट्रपति सवारीका बेला जनतालाई दुःख नहोस्
वि.सं.२०७९ चैत १ बुधवार १५:२७
1.23K
shares

काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङबीच भेटवार्ता भएको छ । उपसभापति गुरूङले आज शितल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना दिएका हुन्।
राष्ट्रपतिको सवारीमा सर्वसाधारण जनतालाई दुःख हुन नहुने उपसभापति गुरूङले बताएका छन् । राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दुःख दिने विगतको परम्परालाई तोड्न सुझाव समेत दिएको उपसभापति गुरूङले बताएका छन् । गत फागुन २५ गते पौडेल राष्ट्रपति निर्वाचित भएका थिए।
वि.सं.२०७९ चैत १ बुधवार १५:२७

















