मलेसियासँग नेपाल ५ विकेटले पराजित
वि.सं.२०८० जेठ १५ सोमवार १३:०८
558
shares

काठमाडौं । पहिलो टी–२० मा नेपालको महिला टिम घरेलु टोली मलेसियासँग ५ विकेटले पराजित भएको छ ।मलेसियाको बाग्नीमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्री र सीता राना मगरले दुई–दुई विकेट लिइन् । यसअघि ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनायो ।
वि.सं.२०८० जेठ १५ सोमवार १३:०८

















