skip this

पेट्रोलियमको मूल्य जुटाउन कठिन भयो : नेपाल आयल निगम

1.89K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य जुटाउन कठिन रहेको जनाएको छ। भारतीय आयल निगमले नयाँ मूल्य वृद्धि भएको सूची पठाएपछि निगमले यस्तो बताएको हो ।

निगमले भनेको छ, ‘निगमको सञ्चिति रकम र अन्य दायित्व रकमहरु सबै पेट्रोलियम पदार्थको खरिद सकिएपछि निगमले नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरिकरण कोष तथा इन्धन बिक्रीबाट प्राप्त रकम संकलन गरी इन्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिद बापतको रकम भुक्तानी गरिएको छ ।

रुस र युक्रेन बीचको तनावका कारणले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि भई उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९७ देखि १४० प्रति व्यारेलसम्म पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको निगमको भनाइ छ।

nijgadh-supermart-adz1200-630