skip this

सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने एकीकृत समाजवादीको निर्णय

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । सरकारको निर्णयविरुद्ध सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीविरुद्ध फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो।

एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए । फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन गरिने उनले जानकारी दिएका छन्।

त्यसको तयारीमा जुट्न जनवर्गीय संगठनलाई बैठकले निर्देशन दिएको छ। फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको समयमा सत्ता साझेदार दल एकीकृत समाजवादीको उक्त धारणा आएको हो।

यस्तै अर्को सत्तारुढ दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन्।

बुधबार माइतीघर मण्डलमा राष्ट्रिय जनमोर्चा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्धको संयुक्त प्रदर्शनमा अध्यक्ष केसीले यस्तो बताएका हुन्।

केसीले अहिलेको सत्ता गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको दाबी गरे।

nijgadh-supermart-adz1200-630