skip this

त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको तालाबन्दीविरुद्ध प्राध्यापकको प्रदर्शन

1.79K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरुले नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका छन्।

विश्वविद्यालयका प्राध्यापकहरुले विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

‘तालाबन्दी समाधान होइन, समस्या हो’, ‘विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाउँ’, ‘अब त अत्ति भयो’, ‘विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म?’, ‘विश्वविद्यालय सुधारका लागि एकजुट होऔँ’ लगायतका प्लेकार्ड बोकेर प्रध्यापकहरुले विरोध प्रदर्शन गरेका छन्।

उनीहरुले विश्वविद्यालयको रजिस्टार कार्यालयअघि शान्तिपूर्ण धर्नासमेत दिएका छन्। प्रदर्शनकारी प्राध्यापकहरुले समस्या सहज रुपमा समाधान गर्न सकिने अवस्था रहे पनि आन्तरिक उद्देश्यले बन्द गर्दा पठनपाठनमा समस्या भएको बताए।

nijgadh-supermart-adz1200-630