skip this farak Kura Pravakar

पत्रकार सन्ताेष देउजाले अदालतबाट पाए सफाइ

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : साईबर क्राईम मुद्दामा पत्रकार सन्तोष देउजाले सफाइ पाएका छन् ।
कपुरबोट मिडिया प्रा.ली.द्धारा सञ्चालित कपुरबोट यूट्यूब च्यानलका प्रवन्धक देउजालाई काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश उपेन्द्र प्रसाद गाैतमकाे एकल इजलासले सफाइ दिएकाे हाे ।
गत कार्तिक १४ मा २५ हजार  धरौटीमा उनी रिहा भएका थिए । काठमाण्डौं जिल्ला अदालतका न्यायधिश कमलप्रसाद पोखरेलको एकल ईजलासबाट उनी रिहा भएका थिए । पत्रकार देउजाको पक्षमा चर्चित अधिवक्ता स्वागत नेपालले बहस गर्दै आएका छन् । डाक्टर दाम्पती निलम–राजेशको विषयमा भिडियो अन्र्तवार्ताको विषयलाई लिएर नेपाल प्रहरीको साईबर ब्युरोमा डा. निलम साह र निरञ्जन प्रसाद साहले पत्रकार देउजा विरुद्ध मुद्दा दर्ता गराएका थिए । साईबर क्राईम मुद्दा दर्ताभए पनि हिरासत नै नबसि उनी अदालतमा हाजिर भएका थिए ।

nijgadh-supermart-adz1200-630