निजगढ सामुदायिक अस्पतालको चरम लापरबाही : बिछिले टोकेको विरामीलाई पानी चढाउँदा ज्यानै जोखिममा

वि.सं.२०७८ भदौ २४ बिहीवार १३:५१

बारा (निजगढ) : बाराको निजगढ–९ देउरालीपथस्थित समुदायमा आधारित प्रसुती गृह निजगढ सामुदायिक अस्पतालको लापरबाहीको कारण १६ वर्षिया किशोरीको ज्यान जोखिममा परेको छ ।
बिछिले टोकेर अस्पातल पुगेकी निजगढ ४ घर भई सार्वजनिक माध्यमिक विद्यालय बागदेवमा कक्षा १० मा अध्ययनरत किशोरी एलिजा सुनार ‘सगुन’ लाई अस्पालका चिकित्सक डा. सतिश निरौलाले स्यालनपानी चढाउँदा ज्यानै जोखिममा परेको हो ।
यस्तो छ घटना
एलिजालाई दुई दिनअघि भदौं २२ साँझ ६ बजेको बिछिले टोक्यो । गाउँमै झारफुक गर्दागर्दै ८ बज्यो । सुधार नदेखिएपछि दिदी निर्मलाले निजगढको प्रसुती गृहमा पु¥याउँदा ८ः २३ भएको थियो ।
अस्पातल पुगेपछि डा. निरौला स्यालनपानी चढाए । केहि इन्जेक्सन पनि लगाए । निर्मलाले विशालु जीवले टोक्दा स्यालनपानी चढाउन नहुने भन्दै डाक्टरलाई रोक्न खोजिन । ‘उनीहरुले मानेन म डराउँदै थिएँ,’ निर्मलाले भनिन्–‘पानी इन्जेक्सन दिदै गए, एक जना नर्सले त अझ पानी पनि पिलाउँदा हुन्थ्यो भनेकी थिईन् । तर मैले मैले खुवाइन ।’
रातको १२ बजेसम्म दुई वटा स्यालनपानी र ६ वटा इन्जेक्सन चढाईसकेको थियो । त्यतिबेलासम्म निर्मला निदाएकी थिईन् । निर्मलाको मनमा डर थियो । बहिनीलाई हेर्दाहेर्दैै आँशु भरिएको निर्मलाको आँखमा निद्रा प¥यो ।
अचानक रगतै बान्ता
तेस्रो स्यालनपानी चढाईरहेकी एलिजा मध्यरात १२ः५० मा बेस्सरी खोक्दै उठिन र रगतै बान्ता गरिन् । निर्मलाले आत्तिदै डाक्टरलाई बोलाईन् । डाक्टरले आएर अक्सिजन र ब्लर्डप्रेसर चेकजाँच गरे । अक्सिन र ब्लर्डप्रेसर दुवैको मात्रा निकै घटेको थियो ।
वीरगञ्ज रिफर
प्रसुती गृहका अस्पतालका डाक्टरले वीरगञ्ज रिफर गर्नुपर्ने बताए । डाक्टरसंग कुरा गरेर स्यालनपानी जोडेरै एम्बुलेन्समा अक्सिजनको व्यवस्थापन गरेर एलिजालाई वीरगञ्जको नेशनल मेडिकल पु¥याईयो । निर्मलाका अनुसार तर त्यहाँका डाक्टरले विरामीको अवस्थाबारेमा फोनमा कुरा भएको जानकारी दिदै नारायणी उपक्षेत्रिय अस्पातल लैजान सुझाव दिए ।
अचेत अवस्थामा एलिजालाई नारायणी पु¥याउँदा अढाई बजेको थियो । त्यहाँ डक्टरले स्यानपानी चढाएको कारण विरामीको शरिरमा विष धेरै फैलिएको भन्दै स्यान निकाले र विष निकाल्ने क्रम सुरु गरे ।
‘विष निकालेपछि चढाउनुपर्ने स्यालनपानी अगाडी किन चढाएको भन्दै त्यहाँका डाक्टर समेत निर्मलासंग रिसाए । निर्मलाले भनिन्–डाक्टरको कुरा सुनेपछि मलाई झन डर, पीडा भयो । इर्मजेन्सीमा भर्ना गरिएकी एलिजालाई आईसियूमा सारियो । अस्पतालले भेन्जिलेटरमा राखेर उपचार गर्नुपर्ने भनेपछि एलिजालाई अहिले गण्डकस्थित एक्सपर्ट हस्पिटलमा राखेर उपचार भईरहेको छ ।
यस्तो अवस्थाको जिम्मेवार प्रसुती गृह
निर्मला सुनारले बहिनी एलिजा यस्तो अवस्थमा पुग्नुमा प्रसुतीगृह जिम्मेवार रहेको बताएकी छिन् । उपचार खर्च जुटाउन निजगढ आएकी निर्मलाले डाक्टरले स्यालनपानी चढाएर गम्भिर लापरबाही गरेको बताईन् । ‘आजको यो दिन औंशीको रात झंै भएको छ,’ निर्मलाले भनिन्–तीन दिनदेखि न त रातमा निन्द्र नत भोक, न त प्यास सबै परिवार पिडै पीडामा छौं ।’
स्यालनपानी चढाउन गल्ती : अध्यक्ष श्रेष्ठ
अस्पातलको लापरबाहीको कारण विरामीको स्वास्थ्य अवस्था झन बिग्रिएको विषयमा फरकनेपाल डटकमले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठलाई सम्पर्क गरेको छ । अध्यक्ष श्रेष्ठले घटनाबारे आफुलाई जानकारी नभएको बताएका छन् । ‘दुई दिन भईसकेको रहेछ,’ अध्यक्ष श्रेष्ठले भने–के भएको रहेछ म बुझ्छु ।’ अध्यक्ष श्रेष्ठले विशालुले टोकेको विरामीलाई स्यालनपानी चढाउन गल्ती भएको बताए ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १३:५१