skip this farak Kura Pravakar

महामन्त्रीको उम्मेदवार बन्ने विश्वप्रकाश शर्माको घोषणा

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर आसन्न १४औं महाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसरमा बिहीबार बीपी संग्रहालयले आयोजना गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने उद्घोष गरे ।
आगामी ९ देखि १३ मंसिरमा कांग्रेसको १४औं महाधिवेशन गर्दैछ ।

कांग्रेस नेता युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै, अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । क्रियाशील सदस्यता विवाद टुंगो लागेपछि औपचारिक रूपमा घोषणा गर्ने बताएका छन् ।
उम्मेदवारी घोषणा नगरे पनि डा. मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, डां प्रकाशसरण महतलगायतको पनि महामन्त्रीमा चर्चा छ । आगामी मंसिर ९ देखि १३ सम्म कांग्रेस महाधिवेशन हुँदैछ ।

nijgadh-supermart-adz1200-630