skip this farak Kura Pravakar

जीतपुरसिमराकी उपमेयर, तत्कालिन निमित्त प्रशासकीय अधिकृत र लेखापाललाई हाजिर हुन अख्तियारले पत्र काट्यो

984 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले जीतपुरसिमराकी उपमेयर, तत्कालिन निमित्त प्रशासकीय अधिकृत र लेखापाललाई पत्र काटेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयलाई भाद्र २४ गते पत्र काटेर १५ दिन भित्र नागरिकता र हाल सालै खिचेको फोटो सहित उपस्थिति गराईदिन भन्दै अख्तियारले पत्रमार्फत भनेकाे स्राेतले जनाएको छ । पसाहा खोलाको नदिजन्य पदार्थ उत्खनन तथा बिक्री सम्बन्धमा अनुसन्धान गर्न जीतपुरसिमराकी उपप्रमुख सरस्वती चौधरी, तत्कालीन निमित्त प्रशासकीय प्रमुख शिव जी प्रसाद, लेखापाल सुवास कार्की उपस्थितिको लागि पत्र काटेको स्रोतले जनाएको छ । शिव जी प्रसाद अहिले शिक्षा शाखा प्रमुख छन् भने कार्कीकाे सरुवा भईसकाे छ ।

nijgadh-supermart-adz1200-630