skip this

कुटपिट गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ

2.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

गुल्मी : चन्द्रकोट गाउँपालिका-७ बतासे बस्ने ४८ वर्षीय शिव बहादुर पुलामीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुईनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका-७ का २७ वर्षीय हिम बहादुर पुलामी र सत्यवती गाउँपालिका-३ बस्ने २१ वर्षीय हिमाल रहादी रहेका छन्।

उनीहरुबीच सामान्य विवाद हुँदा शिवकै भतिजो पर्ने हिम बहादुर र हिमालले मादक पदार्थ सेवन गरी गत बिहीबार कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मजुवाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो।

घाइते शिवलाई उपचारका लागि स्थानीय मेडिकल सुबसराथी क्लिनिक प्रालि मजुवा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630