हेर्दा हेर्दै श्रीमान पोखरीमा डुबे, श्रीमतीको चित्कार कसैले सुनेनन् (भिडियोसहित)

वि.सं.२०७८ भदौ ३१ बिहीवार २०:५९

शान्तकुमार सापकोटा
बारा (निजगढ) : गाउँका साथीभाईसंगै निजगढ नगरपालिका वडा नम्बर १ का वर्ष ३४ का प्रितलाल कुमर माछा मार्न दिउँसो घरबाट हिडेँ । निजगढ–फापरबारी सडक छेउमा सुकेपोखरीमा माछा मार्न सुरु गरे ।
श्रीमती दसियादेवी डिलमै बसेकी थिईन् । साथीहरु अघि बढ्दै टाढा पुगिसक्दा पनि प्रितलाल पोखरीमै माछा र घुँगीको जोहो गर्दैै थिए ।
निजगढ नगरपालिकाको २ स्थित जंगलमा रहेको पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेको सुकेपोखरी खासै गहिरो छैन् । पोखरीको एक छेउमा भने गहिरो भएको प्रितलालले पत्तो पाएनन् । उनी त्यहिँ गहिराईमा फसे । पोखरीको डिलमा श्रीमानलाई हेर्दै गरेकी दसियादेवीले हेर्दाहेर्दै प्रितलाल पोखरीमा डुबे । उनी आत्तिएर हारगुहार गरिन् । उनको आवाज सुन्ने कोहि भएनन् ।
प्रितलाल डुबेको झण्डै एक घण्टापछि हल्लाखल्ला सुनेर सडकका बटुवा, स्थानीय पोखरी पुगेका थिए । उनको शव पोखरीमा तैरिएको नदेखिएपछि स्थानीय युवाको एक टोली प्रितलालको उद्धारको लागि जुट्यो । ईलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी चौकी सिंगौलको प्रहरी टोली पनि घटनास्थल पुगेको थियो । केहिबेरको खोजीपछि उनलाई पोखरीभित्रै फेला पारियो । बाहिर निकालेर प्रितलाललाई घोप्टो पारेर पेटबाट पानी निकाल्ने प्रयास गरे । उनलाई अटोमा राखेर निजगढ सिटी हस्पीटल पु¥याईयो । अस्पतालका डाक्टरले ईसिजी गरेर हेरेँपछि मृत घोषणा गरेका थिए ।
पोखरीमा डुबेर प्रितलाल कुमरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । मृतकको शव रौतहटको चन्द्रपुर अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
भिडियो
लेखकबाट थप
https://faraknepal.com/1444

वि.सं.२०७८ भदौ ३१ बिहीवार २०:५९