skip this farak Kura Pravakar

निजगढदेखि राजदमारसम्मको बाँकी सडक बनाउन बोलपत्र आह्वान

594 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : नेपाली सेनाले फास्ट ट्रयाकअन्तर्गत निजगढदेखि राजदमारसम्म ठेक्का लाग्न बाँकी सडकको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ।
यो सडक खण्डमा ठेक्का लाग्न बाँकी ८ किमीको लागि सेनाले बोलपत्र आह्वान गरेको हो। निजगढदेखि राजदमारसम्मकाे दूरी २२ दशमलव ५ किमी छ।
यसअघि दुई प्याकेजमा ठेक्का लागिसकेको छ। बाँकी सडकका लागि समेत बोलपत्र आह्वान गरिएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए।
2६ दशमलव ४ किमि सुरुङको काम यसअघिनै सुरु भइसकेको छ। लेनडाडाँदेखि खोकनासम्मको भौगोलिक अवस्थाको अध्ययन भइरहेको सैनिक प्रवक्ता पौडेलले बताए।
पुस र बैशाखमा गरी यो खण्डको ठेक्का लगाइसक्ने सेनाको तयारी छ। सेनाले यो खण्डलाई ६ प्याकेजमा ठेक्का लगाउने योजना बनाएको छ।
ढिलोमा पनि यो आर्थकि वर्षभित्र ठेक्काको सबै काम भइसक्ने सैनिक प्रवक्ता पौडेलको दावी छ। खोकना क्षेत्रमा भने स्थानीयसँग सहमति हुन नसक्दा काम हुन सकेको छैन।

nijgadh-supermart-adz1200-630