skip this yams_Max_Hospital.jpeg

एसियन कप छनोटमा नेपाल फिलिपिन्ससँग पराजित

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत पहिलो खेलमा फिलिपिन्ससंग २-१ ले पराजित भएको छ । उज्वेकिस्तानमा शनिबार भएको समूह एफ को पहिलो खेलमा नेपाल पराजित भएको हो ।खेलमा नेपालले पहिले अग्रता लिएपनि अन्तिममा सम्हालिन नसक्दा त्यसलाई जोगाउन सकेन । नेपालले ९० औं मिनेट र इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल खाएको थियो ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको खेलमा विमला चौधरीले खेलको १० औं मिनेटमा गोल गर्दै फिफा वरियतामा ३३ स्थान माथि रहेको फिलिपिन्स विरुद्ध नेपाललाई दिलाएकी थिइन् । पहिलो हाफमा अग्रता कायम राखेको नेपालले ८९ मिनेटसम्म फिलिपिन्स विरुद्ध अग्रता कायम राखेको थियो ।तर विदेशमा खेल्ने व्यवसायिक खेलाडीहरु सामु नेपाली खेलाडी फिटनेसमा कमजोर देखियो ।

अन्तिम सममया दुई गोल फर्काउदै फिलिपिन्सले पुनरागमन जित हात पारेको हो ।फिलिपिन्सका लागि ९० औं मिनेटमा ताहनाई अनिशले बराबरी गोल फर्काइन् । पहिलो गोल गरेपछि फिलिपिन्सले एक मिनेटपछि नै अर्को गोल थप्यो । इन्जुरी टाइमको दोस्रो मिनेटमा कमिल्ला विल्सनले फिलिपिन्सको लागि विजयी गोल गरिन् ।
यसै खेलबाट विमला विकले राष्ट्रिय टिममा डेब्यु गरेकी छिन् । उनले ६२ औं मिनेटमा पूजा रानाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेकी हुन् ।नेपालले अब समूह एफको अर्को खेल हङकङसंग असोज ५ गते खेल्नेछ ।
समूह विजेता बन्दै एसिया कपमा छनोट हुने सम्भावना कायम राख्न नेपालले हङकङलाई हराउनैपर्नेछ । समूहको अन्तिम खेल फिलिपिन्स र हङकङबीच असोज ८ गते हुनेछ ।
यस समूहको विजेता अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।

nijgadh-supermart-adz1200-630