विमानस्थल निर्माणमा अदालतले रोक लगाउनू गलत : शंकर पोखरेल
वि.सं.२०७९ जेठ १३ शुक्रवार ०९:२७
885
shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्च अदालतको फैसला गलत भएको टिप्पणी गरेका छन् ।
सर्वोच्चको परमादेशलगत्तै एमाले महासचिव पोखरेलल सामाजिक सञ्जाल ट्वीटरमार्फत कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो भएको दाबी गरेका हुन्।
यस निर्णयले फास्ट ट्रयाकमा भएको लगानीलाई डुबाउने र मुलुकलाई आर्थिक संकटमा फसाउने भन्दै पोखरेलले गम्भीर र जिम्मेवार बन्न अपिल गरेका छन्।
वि.सं.२०७९ जेठ १३ शुक्रवार ०९:२७
















