skip this farak Kura Pravakar

ओमानलाई छैटौं झट्का, सन्दीपले लिए लगातार २ विकेट

696 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानविरुद्ध जारी खेलमा नेपालले छैटौं विकेट हात पारेको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा सन्दीप लामिछाने र करण केसीले तीन/तीन विकेट लिएका हुन् ।
सन्दीपले १२औं ओभरको अन्तिम बलमा ओमानका मोहम्मद नादिमलाई एलबीडब्ल्यूमार्फत आउट गराएका थिए।
१४औं ओभरको चौथो र पाँचौं बलमा सन्दीपले क्रमश: सुरज कुमार र नेस्टर धाम्बाको विकेट हात पारे। यसअघि करण केसीले ओमानको तीन विकेट लिए। उनले नवौं ओभरको पाँचौं बलमा अयान खानलाई बोल्ड गराएका थिए।
करणले सातौं ओभरको पाँचौं बलमा ओमानका सुरुआती ब्याट्सम्यान सुफयान मेहमुदलाई सुशन भारीमार्फत् क्याच गराएका थिए।
अर्का सुरुआती ब्याट्सम्यान जतिन्दर सिंहको पनि करणले नै विकेट लिएका थिए। करणले जतिन्दरलाई तेस्रो ओभरको चौथो बलमा आसिफ सेखमार्फत् क्याच गराएका थिए। अघिल्लो खेलमा जतिन्दरले नेपालविरुद्ध शतक प्रहार गरेका थिए।

nera mabi laal
nijgadh-supermart-adz1200-630