skip this yams_Max_Hospital.jpeg

पहिरोको अवलोकनमा पुगेका बुटवलका मेयरमाथि जाईलागे स्थानीय (भिडियोसहित)

1.11K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं :  पहिरोको अवलकोन गर्न ज्योतिनगर पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयबासीले कुटपिट गरेका छन् ।
पहिरो ग्रस्त क्षेत्र बुटवल–३ को ज्योतिनगरमा अवलोकन गर्न गएका मेयर सुवेदीलाई आक्रोशित स्थानीयले मुक्का प्रहार गरेका हुन् ।
स्थानीयले मेयरमाथि गरेको हातपातबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर दुई साताअघि क्षतिग्रस्त भएका थिए ।
प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग नगरेको भन्दै स्थानीयवासी सरकारी पक्षसँग रुष्ट छन् ।

nijgadh-supermart-adz1200-630