skip this farak Kura Pravakar

ओलीको रिटमा जारी भएन अन्तरिम आदेश, सक्कल फाइल झिकाउने आदेश

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : सर्वोच्च अदालतले माधव नेपालसहित १४ सांसद सांसद् पदमुक्तीको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सोमबार शुरू भएको बहस टुंग्याउँदै सर्वोच्च अदालतले निर्वाचन आयोगदेखि संसद्‌सम्मका सक्कल फाइल मगाउन आदेश गरेको हो। जलासले निर्वाचन आयोगका भदौ ९ तगे गरेको निर्णयको फाइल, सभामुख अग्नि सापकोटाले भदौ १३ गते गरेको निर्णयको सक्कल फाइल मगाउन आदेश गरेको हो ।
एमालेले निष्कासन गरेका सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको भन्दै एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेको हो ।
रिटमा १४ सांसद कारवाही नगर्ने सभामुखको निर्णय खारेज हुनुपर्ने, एमालेले कानुन बमोजिम गरेको कारवाही कार्यान्वयन गरी सूचना टाँस्न अन्तरिम आदेश दिनुपर्ने माग गरिएको थियो ।

nijgadh-supermart-adz1200-630