skip this farak Kura Pravakar

ईपीएल क्रिकेट आजबाट सुरु हुदै : उद्घाटन खेलमा ललितपुर र काठमाडौँ खेल्दै

651 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आज शुरू हुँदैछ । चौंथो संस्करणको यो प्रतियोगितामा उद्घाटन खेलमा आज साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स -११ खेल्दैछन् ।
टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेल मध्याह्न १२:१५ मा शुरू हुनेछ । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर र सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने काठमाडौँको खेल प्रतिस्पर्धात्मक हुनेछ ।
  ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका  रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाके जस्ता खेलाडी रहेका छन् ।
    काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाशसहितका खेलाडी छन् । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ ।

nijgadh-supermart-adz1200-630