८३४ कोरोना संक्रमित थपिए, ९ को मृत्यु

354 shares

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ५८९ जनाको पीसीआर परीक्षणमा ७३० र ५ हजार १४७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०४ जनामा कोरोना पुष्टि भएको छ ।
   पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार २७९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।