skip this yams_Max_Hospital.jpeg

बाटो हिड्ने बटुवालाई गाँजा तस्करको बिल्ला ! निर्दोषलाई फसाउन खोजेपछि टाँगियाबासी आक्रोशित

1.39K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको जीतपुरसिमरा–१६ टांगियाबस्तीका औतार रुम्बा बुवाको रिहाईको लागि ईलाका प्रहरी कार्यालय निजगढ धाइरहेका छन् । तीन दिनअघि उनका बुवा रुकबहादुर रुम्बालाई प्रहरीले अवैध गाँजा ‘तस्कर’ भन्दै पक्राउ गरेर शनिबार सार्वजनिक गरेको छ ।

बुवा निर्दाेष भएकाले रिहाई गर्नुपर्ने उनको मागमा स्थानीय जनप्रतिनिधि र गाउँलेले साथ दिएका छन् । उनका आफन्तले पक्राउ परेकै रात प्रहरी निरीक्षक शंकर चौधरीलाई भेटेर निर्दोषलाई नफसाउन आग्रह गरेका थिए । तर प्रहरीले उनीहरुको कुरा सुनेन् बरु मुद्दा प्रकृया अघि बढायो ।
कसरी पक्राउ परे रुम्बा ?
जीतपुरसिमरा–१८ कुशमाडीमा दाजु भेट्न घरमा खाना खाएर निस्केका रुम्बालाई प्रहरीले शहजनाथ मन्दिर छेउबाट नियन्त्रणमा लिएको थियो । उनीसंगै अर्का कुशमाडीका एक युवकलाई समेत प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । स्थानीय चन्द्रधोज गोलेका अनुसार उनका भान्जालाई प्रहरीले पक्राउ गरेर कार्यालय पु¥याएको थियो । जनप्रतिनिधिसहित पुगेर निर्दोष भान्जालाई रिहा गराएपछि उनैले रुम्बा पक्राउ परेको बारेमा उनका आफन्तलाई खबर गरेका थिए ।
प्रहरीले रुम्बालाई गाँजा तस्करीमा संलग्न रहेका र प्रहरीलाई देखेर भाग्न खोजेको अवस्थामा नियन्त्रणमा लिएको आरोप लगाएको छ ।
शारिरीक रुपमा अशक्त
रुम्बाका छोरा औतारका अनुसार उनी शारिरीक रुपमा अशक्त कमजोर छन् । ‘दुई वर्षअघि रुखबाट लडेर ढाडमा र तिघ्रामा स्टील राखिएको छ,’ औतारले भने–बुवाले पाँच किलोको तौल उठाउन सक्नु हुन्न । प्रहरीले ८३ किलो गाँजा बोकेको आरोप लगाएर निर्दोषलाई फसाएको छ ।’ उनले फरकनेपाललाई विरामी अवस्थाको तस्वीर समेत उपलब्ध गराएका छन् ।

पक्राउ परेका रुम्बाका भतिजि मेन्दुमाया रुम्बाले काकालाई प्रहरीले कुरै नबुझि पक्राउ गरेर फसाएको गुनासो गरिन् । ‘हामीले पक्राउ परेको भोलिपल्ट प्रहरीलाई अनुरोध गर्दागर्दैै हाम्रै अगाडि प्रहरीले सार्वजनिक ग¥यो । आँखाभरि आँसुपार्दै मेन्दुमायाले प्रहरीको व्यहारले चित्त दुखेको बताईन् ।

मोवाईलसम्म बोक्दैनन्
शारिरीक रुपमा कमजोर रुम्बा साइकलमा चढेर जाने क्रममा पक्राउ परेका थिए । शारिरीक रुपमा कमजोर व्यक्तिलाई प्रहरीले गाँजा बोकेको भनेर लगाएको आरोप झुट भएको स्थानीय तिलक तामाङ्ग बताउँछन् । प्रहरीले सुराकी भनेर पक्राउ गर्ने आधार पनि छैन । रुम्बा मोवाईल समेत बोक्दैन । उनी भन्छन्–न त उनी मोटरसाईकल नै चलाउँछन् । मोवाईल नबोकि कसरी तस्करी गर्न सकिन्छ ?’
तिलकले निर्दाेषलाई फसाए दोषी उम्काउन खोजे आन्दोलन गर्ने चेतावनी दिएका छन् । हामी चुपलागेर बस्दैनौं । निर्दोषमाथि प्रहरीले अन्याय गरेको छ ।
निर्दोषलाई नफसाइयोस्
जीतपुरसिमरा १६ का वडा अध्यक्ष केदारनाथ बजगाईले निर्दोष व्यक्तिलाई फसाउने र दोषी उम्किने काम प्रहरीले गर्न नहुने बताए । उनले रुम्बाको शारिरीक अवस्था र घटनाको प्रकृति हेर्दा निर्दोष देखिएकाले आफुले रोहबरमा छाड्न आग्रह गर्दा प्रहरीले प्रकृया अगाडी बढाएको बताए ।
निर्दोष भए छुट्छन् : प्रहरी
ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख चौधरीले रुम्बाको विषयमा अनुसन्धान भईरहेको बताए । ‘हामीले प्रकृया अगाडी बढाईसकेकाले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत उनी निर्दोष देखिए छुट्छन्,’ यसबारेमा माथिल्लो तहमा समेत जानकारी गराएको छु ।’

nijgadh-supermart-adz1200-630