कागेश्वरी-मनहरा नगर सभापतिमा देउवा पक्षका दाहाल विजयी
वि.सं.२०७८ असोज १७ आइतवार ०९:२४
435
shares
काठमाडौ : नेपाली काँग्रेसको कागेश्वरी-मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन्।
सभापति शेरबहादुर देउवानिकट दाहालले १५१ मत पाए भने अर्का प्रत्यासी नेता प्रकाशमान सिंह निकट मिठ्ठाराम दाहालले १३८ मत पाए ।
काठमाडौं जिल्लाका एक महानगरपालिका र ९ नगरपालिकामा शनिबार अधिवेशन भएको थिए । महानगर बाहेक अधिकांंश नगरपालिकाको परिणाम आइसकेको छ ।
वि.सं.२०७८ असोज १७ आइतवार ०९:२४