इन्टरनेट व्यवसायीलाई क्यानको साथ, भन्यो- इन्टरनेटको मूल्य ३०० सम्म बढ्नसक्छ
वि.सं.२०७८ असोज १७ आइतवार १३:१०
काठमाडौ : नेपाल विद्युत प्राधिकरणले २०७५ सालमा बढाएको पोल भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काट्न थालेपछि कम्प्यूटर एशोसिएशन नेपाल महासंघ (क्यान) ले विरोध जनाएको छ ।
प्राधिकरणले भरतपुर, बुटवल, काठमाडौं, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ, धनगढीलगायतका स्थानमा इन्टरनेटका तार काटेको छ । देशैभर तार काट्न थालेपछि क्यान महासंघले इन्टरनेट व्यवसायीलाई साथ दिँदै प्राधिकरणको विरोध गरेको हो ।
प्राधिकरणले तार काटेको स्थानमा इन्टरनेट सेवामा अवरुद्ध पुगेको महासंघको भनाई छ । प्राधिकरणले हिजो शनिबारदेखि पोलको भाडा नतिर्ने इन्टरनेट व्यवसायीको तार काट्न थालेको छ ।
यसको विरोध गर्दै क्यानले प्राधिकरणको पछिल्लो गतिविधिबाट पूर्वाधारको लागत अझ बढन गई इन्टरनेट सेवा प्रवाहमा प्रति ग्राहक ३ सयसम्म शुल्क बढ्ने चेतावनी दिएको छ ।
वि.सं.२०७८ असोज १७ आइतवार १३:१०