दुर्गा मन्दिरमा घटस्थापनाको यस्तो छ तयारी (फोटो फिचर)

वि.सं.२०७८ असोज २१ बिहीवार १०:५०

बारा : दशैंको पहिलो दिन आज दुर्गा मन्दिरमा घटनस्थापना तयारी भईरहेको छ । विहान ११ बजेको साइतमा मन्दिर तथा घरघरमा घटस्थापना गरी मनाइदैछ छ ।
बाराको निजगढ ८ स्थित बुद्धचोकमा दुर्गा मन्दिर स्थापना गरेर घटस्थापना मनाईदैछ । आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी मनाइदैछ छ । पौराणिक मान्यता अनुसार दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजबाट घरघरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ ।
नवरात्रको पहिलो दिन आज घटस्थापना गरी शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ । शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ ।
आज शास्त्रीय विधि अनुसार आज शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।
घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । पूजाका क्रममा यी मन्त्रहरू उच्चारण गर्ने परम्परा रहेको छ ।
हेर्नुस् तस्वीरहरु :
तस्वीरहरु महेश्वर/अंकित

वि.सं.२०७८ असोज २१ बिहीवार १०:५०