skip this farak Kura Pravakar

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु, सवार एक घाइते

666 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं :  बैतडीको दोगडाकेदार गाउँपालिका–३ तारलमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चालक डिलाशैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
  योगेशको उपचारका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा मृत्यु भएको हो। मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा हुन् ।
    डिलाशैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट ट्रयाक्टर मंगलबार राति करिब १ बजे सडकबाट ५० मिटर तल खसेको हो। ट्रयाक्टरमा सवार रहेका डिलाशैनी–३ का राकेश कोली सामान्य घाइते छन्।

nijgadh-supermart-adz1200-630