skip this farak Kura Pravakar

एसियाली छनोट खेलका लागि २४ महिला क्रिकेटर छनोट

843 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ ।
शनिबार क्यानले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको हो ।
क्यानले छनोट गरेको टोलीमा कप्तान रुबिना क्षेत्री रहनेछिन् । क्यानले टिमको अन्तिम चरणको बन्द प्रशिक्षण ३ कात्तिकबाट सुरु हुने जनाएको छ । बन्द प्रशिक्षण काठमाडौंमा हुने क्यानले जनाएको छ । नेपालले युएईमा आयोजना हुने एसियाली छनोट खेल्नेछ ।
नेपाली टोली
रूबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगीता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अश्मिना कर्माचार्य, कन्चन श्रेष्ठ, सरस्वती जीएम, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डलि भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्योति पाण्डे, ईश्वरी विष्ट, करुणा भण्डारी, सरिता मगर ।

nijgadh-supermart-adz1200-630