skip this farak Kura Pravakar

एक मिनेटको अन्तरमा भारतको दुई गोल  

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ : नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी रहेको छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको दोस्रो हाफको शुरुवातमा नै भारतले दुई गोलको अग्रता लिएको छ ।

भारतका कप्तान सुनिल क्षेत्रीले भारतलाई खेलको ४९ औँ मिनेटमा अग्रता दिलाए भने लगत्तै ५० औँ मिनेटमा सुरेश सिंहले भारतको अग्रता दोब्बर बनाए ।     पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो ।  पहिलो हाफमा नेपालका लागि नवयुग श्रेष्ठ र भारतका लागि कप्तान सुनिल क्षेत्रीले गोलका अवसर गुमाएका थिए । नेपाल पहिलोपटक यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो भने भारतले यो प्रतियोगिता सर्वाधिक सात पटक जितिसकेको छ ।

हेड टु हेड रेकर्डमा पल्ला भारतकै पक्षमा देखिन्छ । दुई टोलीबीच भएका २२ खेलमा भारतले १५ मा जीत हासिल गरेको छ भने नेपालले मात्र २ खेलमा जीत हासिल गरेको छ । ५ खेल बराबरीमा सकिएका छन् । तर, यो प्रतियोगितामा नेपालले ६ गोल गरिसकेको छ भने भारतले मात्र ५ गोल गर्न सकेको छ । आजको खेलमा भारतका लागि अञ्जन विष्ट, सुमन लामा, आयुष घलान र मनिस डांगी टाउको दुखाई बन्न सक्छन् । नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ मा साफमा २–१ ले हराएको थियो । त्यसपछि सन् १९९३ मा ढाकामा नेपाल पेनाल्टीमा विजयी भएको थियो ।

nijgadh-supermart-adz1200-630