skip this farak Kura Pravakar

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिन्छौँ : ऊर्जामन्त्री

1.77K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छन् ।
बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपभोग गर्न दिने गरी आफूले तयारी अगाडि बढाएको बताइन् ।  विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महसुल पनि कम गर्ने गरी आफुले तयारी गरिरहेको उनले जानकारी दिइन् ।
उनले भनिन्, ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कही राहत दिनुपर्छ भनेर निशुल्क विद्युत दिने गरेर एउटा तयारी मैले गरिरहेको छु । करिब करिब हामी त्यसको निष्कर्षमा पुग्दैछौँ ।
घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्धेश्यद्धारा त्यसको तयारी गरेको छु मैले ।’ ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाई पुर्याउनको निम्ति पनि आफू क्रियाशिल रहने बताइन् ।
सिँचाइको निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने बताइन् ।
सिँचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको उहाँले उल्लेख गरिन् । उनले सातै प्रदेशका नदीबाट विद्युत उत्पादनका अध्ययन गरिरहेको पनि बताइन् ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630