skip this farak Kura Pravakar

प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेको अवरोध र नाराबाजी

645 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकको सुरुमै बैठक अवरोध गरेका छन् । सभामुखको आसनअगाडि पुगेर उनीहरुले विभिन्न नारा लगाइरहेका छन् ।

बिहिबार दिउँसो २ बजे सुरु भएको प्रतिनिधिसभाको बैठकमा उनीहरुले गैर सांसदलाई संसदमा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता जिन्दावाद, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाइरहेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले संविधानको प्रावधान, प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था स्मरण गराउँदै सभा सञ्चालन गर्न अनुरोध गरेपनि एमालेका सांसदले नाराबाजी गरिरहेका छन् ।

nijgadh-supermart-adz1200-630