प्रदेश २ मा प्रर्यटन प्रवर्द्धन अभियान : ‘भर्जिन’ पर्सा राष्ट्रिय निकुञ्जमा रमाए प्रदेश १ का व्यवसायि
वि.सं.२०७८ कात्तिक १४ आइतवार २०:४६

काठमाण्डौं : पर्सा राष्ट्रिय निकुञ्ज लामो समयदेखि बन्य जन्तु आरक्षको रुपमा रहेर पर्यटकको लागि गुमनाम थियो ।
बारा, पर्सा र मकवानपुर जिल्लामा फैलिएको राजमार्गसंग जोडिए पनि पर्यटकको नजरमा नपरेको आरक्ष निकुञ्जमा रुपान्तरण भएसंगै ‘भर्जिन’ निकुञ्जको रुपमा पर्यटकको स्वागत गरिरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको पर्सामा पर्यटकमैत्री संरचना धमाधम बनिरहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले निकुञ्जलाई पर्यटक आकर्षित गर्ने गरि संरचनाको डिपिआर तयार भईसकेको र त्यसैअनुसार काम अघि बढाउन आवश्यक सहयोगको लागि सरकारसंग आग्रह गरिएको बताए ।

निकुञ्जलाई केन्द्रमा राखेर होटल तथा पर्यटन व्यवसायिले विभिन्न गतिविधि सञ्चालन गरिरहेका छन् । प्रदेश २ को धार्मिक, एतिहासिक र प्राकृतिक पर्यटनलाई प्रवर्द्धन गर्न होटल तथा पर्यटन व्यवसायि संघ सक्रिय भएर लागेको छ । संघका महासचिव मोहन शर्मा प्रदेश संरचनामा गएसंगै प्रदेश स्तरिय अभियान सञ्चालन गरिरहेको बताउँछन । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाटा) प्रदेश २ का अध्यक्ष समेत रहेका शर्माले प्रदेश २ र गण्डकी प्रदेश विच हवाई सम्पर्क स्थापित गर्न सिमरा–पोखरा उडान भएसंगै प्रदेश १ संग समेत सिमरा–विराटनगर उडानको प्रस्ताव अघि सारिएको बताए ।

यहाँको पर्यटन प्रवद्र्धनको लागि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष शर्माले उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन व्यसायि संघ र होटल एसोसिएसन नेपाल (हान) विच सहकार्य गरिरहेका छन् ।
नाटाकै निमन्त्रणमा प्रदेश १ का अगुवा होटल तथा पर्यटन व्यवसायिको एक टोलीले प्रदेश २ को भ्रमण गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न प्रदेश १ र २ विच सहकार्य गर्न भ्रमण गरिएको थियो । होटल एसोसिएसन नेपाल (हान) राजन श्रेष्ठ र आन्तरिक पर्यटन पुर्नस्थापना समिति प्रदेश १ का संयोजक भबिस कुमार श्रेष्ठको नेतृत्वमा १३ सदस्यिय टोली प्रदेश २ का जनकपुरदेखि वीरगञ्जसम्मका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गरेको थियो ।

टोलीसंग आईतबार निकुञ्जमा अन्र्तकृया कार्यक्रम भएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरी, होटल तथा पर्यटन व्यवसायि संघ र उद्योग वाणिज्य संघ, विभिन्न वन समुह विच अन्र्तकृया गरिएको थियो ।
अन्र्तकृया कार्यक्रममा बाराको सिम्रौनगढ, गढीमाई र पर्सा निकुञ्जको चर्चा गरिएको थियो । त्यसैगरि प्रदेश १ का विभिन्न पर्यटकीय गन्तव्यको चर्चा गर्दै घर्मौ पूर्वको प्रचारप्रसार गरेका थिए ।

होटल एसोसिएसन नेपाल (हान) प्रदेश १ का अध्यक्ष एवं केन्द्रीय सदस्य राजन श्रेष्ठ पर्साले प्रचार अभावमा ओझेलमा परेको भन्दै आवश्यक पूर्वाधार तयार गर्न सके ‘भर्जिन’ निकुञ्ज घुम्मे अवसर प्राप्त हुने बताउँछन् । टोलीले जंगल सफारीमार्फत निकुञ्ज भ्रमण गरेको थियो ।
वि.सं.२०७८ कात्तिक १४ आइतवार २०:४६
















