skip this farak Kura Pravakar

माधव नेपाल भन्छन्–मैले नेतृत्व गरेको भएर ओलीले निजगढ विमानस्थल बन्न दिएनन, अहिले अनुकुल समय छ

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको कारण निजगढ विमानस्थल नबनेको आरोप लगाएको छन् ।
रौतहटको गौरबाट सिमरा फर्किने क्रममा निजगढस्थित रुद्राक्ष होटलमा गठबन्धनका नेता–कार्यकतासंगको संक्षिप्त भेटमा निजगढ विमानस्थल बनाउन ओलीले नचाहेको आरोप लगाएका हुन् ।


पार्टीका नेता तथा सञ्चारकर्मीले निजगढ विमानस्थल निर्माणमा भएको ढिलाईको विषयमा राखेको जिज्ञासाको जवाफ दिने क्रममा नेता नेपालले भने–मैले नेतृत्व गरेकै कारण ओली जीले विमानस्थलको काम अघि बढाएनन् ।
निजगढ विमानस्थल बन्न नदिने विभिन्न षड्यन्त्र भईरहेको बताउँदै त्यसविरुद्ध स्थानीयलाई सक्रिय हुन आग्रह गरे । बन्न नदिने र अन्यत्र सार्न विभिन्न षड्यन्त्र भएको उल्लेख गर्दै त्यसलाई चिर्न आफु विगतदेखि नै लागि परेको र अब पनि लाग्ने प्रतिवद्धता जनाए ।
सरकारमा पार्टीकोतर्फबाट सहभागि नागरिक उड्ययन तथा पर्यटनमन्त्रीलाई विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्न निर्देशन दिईएको जानकारी दिए । ‘अहिले अनुकुल समय आएको छ, हाम्रै नेतृत्वमा पर्यटन मन्त्रालय छ, अब काम अघि बढ्छ,’ नेता नेपालले भने–स्थानीयको विरोध हुनु हुदैन् ।’


नेता नेपालसंगै एकिकृत समाजवादीका केन्द्रीय सचिव नागेन्द्र चौधरी, पोलिटब्यूरो सदस्य एवं प्रतिनिधि सभा सरला यादव, केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य रामकुमार भट्टराई समेत सहभागि भएका थिए ।
त्यस्तैगरि केन्द्रीय सदस्य छबिलाल उप्रेती, नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्य रविराज दंगाल, जिल्ला सदस्य सन्तोष दंगाल, नेकपा (एकिकृत समाजवादी) जिल्ला सदस्य जीतलाल श्रेष्ठ, जगतबहादुर न्यौपाने, पवन विश्वकर्मा, अनिल भण्डारी, निजगढ नगरपालिकाका मेयरका प्रत्यासी नारायण खड्का, ९ नं. वडा अध्यक्ष सुदर्शन प्रसाद बडाल, युवा संघ बाराका पूर्व सचिव भिमसेन सापकोटा, नेकपा (माओवादी केन्द्र) निजगढ नगर सदस्य शेख अन्जर, शहीद हिरालाल पार्क व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्याल, निजगढ ६ का दिपक सापकोटा लगायत सहभागि थिए ।

त्यस्तै नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य महेश्वर अधिकारी, वरिष्ठ पत्रकार गोकुल घोरसाईने, सञ्चारकर्मी इन्दीप कोईराला लागयत सहभागि थिए ।

nijgadh-supermart-adz1200-630