skip this

माओवादी नेता ‘लादेन’लाई एमालेले थाहै नदिई जिल्ला सदस्य बनाएपछि…

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : नेकपा (एमाले) बाराले जिल्ला कमिटीमा सदस्य थप गर्दा नेकपा (माओवादी केन्द्र) का स्थानीय एक नेतालाई थाहै नदिई जिल्ला सदस्य बनाएको खुलेको छ ।
जनयुद्धकालिन माओवादीका स्थानीय नेता श्रीकृष्ण माझी ‘लादेन’ लाई जानकारी र सहमति विनै नेकपा (एमाले)ले जिल्ला सदस्य बनाएको हो ।
एमाले प्रदेश २ को सर्कुलका आधारमा जिल्ला सदस्य विस्तार गर्दा माओवादी नेता लादेनलाई जिल्ला सदस्य बनाएको विषयमा उनले विज्ञप्ती जारी गरेर भ्रममा नपर्न आग्रह गरेका छन् । उनले विज्ञप्तीमार्फत एमालेले घृणित कार्य गरेको भन्दै घोरभत्सना गरेको छन् । उनले आफु जनयुद्धदेखि माओवादीमा रहेको र अहिले र भविष्यमा पनि प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।

विज्ञप्ती

 

nijgadh-supermart-adz1200-630