skip this

चिसो बढ्यो सतर्कता अपनाउनुहोस् : विभाग

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : देशभर चिसो बढ्ने क्रम बढेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल मौसमको अवस्थाबारे आज (शुक्रवार) बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले यस्तो बताएको हो ।
विभागका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । तर पनि हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ ।
बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहेको जनाइएको छ ।
हेर्नुहोस् आगामी तीन दिनको मौसम विश्लेषण

nijgadh-supermart-adz1200-630