skip this

मेला लगाउन बाराको दुई स्थानीय तहमा सार्वजनिक विदा

1.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको दुई वटा स्थानीय तहले मेला लगाउन सार्वजनिक विदा दिएको छ ।
बाराको फेटा गाँउपालिकाले त्रिवेणीधाम र खैरातिमाई मन्दिरमा लाग्ने मेला मनाउन सार्वजनिक विदा दिने भएको छ ।
गाउँपालिकाको वडा नं. १ त्रिवेणीमा लाग्ने त्रिवेणीधाम र खैरातिमाई मन्दिरमा पुजा र ५ दिन मेला लाग्ने भएकाले मंसिर ३ गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय भएको सूचना प्रकाशित गरेको छ ।
पूर्णीमा स्नान र मन्दिरमा पूजापाठ र मेला समेत लाग्ने भएकाले सार्वजनिक विदा दिने निर्णय भएको गाँउपालिका अध्यक्ष अमिरीलाल पालले सूचना प्रकाशित गरि जानकारी गराएका छन् ।
स्वास्थ्य आकस्मिक सेवा बाहके वडा कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायलाई सार्वजनिक विदा दिईएको हो ।


त्यसैगरि करैयामाई गाउँपालिकाले ंसिर ३ गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । करैयामाई गाउँपालिकाको वडा नं. २ करैयामाई मन्दिरमा हुने पुजापाठ र मेलालाई हर्षोउल्लासले मनाउन सार्वजनिक विदा दिने आईतबारको कार्यपालिका बैठकले निर्णय गरेको हो ।
कार्यपालिकासहित मातहतका वडा कार्यालयमा सार्वजनिक विदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष भुनेश्वर धामीद्धारा जारी सूचनामा उल्लेख छ ।

nijgadh-supermart-adz1200-630