skip this

नेकपा(माओवादी केन्द्र)वडा नं. ८ को सम्मेलन सम्पन्न

942 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ ( बारा ): नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निजगढ वडा नं. ८ को प्रथम एतिहासिक वडा सम्मेलन क. पेमा घ्याम्छो लामाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन र २२ सदस्यीय नगर प्रतिनिधि चयन गर्दै नगर उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भएको छ ।

सम्मेलनबाट उपाध्यक्षमा संगिता माझी, सचिव विष्णु बहादुर लामा, सहसचिव अशोक पाठक, कोषाध्यक्ष लक्की लामा र सदस्यहरु विजय घिमिरे, हिरा बहादुर सुवेदी, मोहन भुजेल, बैकुण्ठ अधिकारी, प्रकाश रौनियार, राम बहादुर श्रेष्ठ, अनिता महरा लगायत छन भने २२ नगर प्रतिनिधिहरु सिद्दिलाल लामा, कुमार लामा योन्जन, रमेश कुमार कार्कि, डिआर लामा, कार्साङ लामा, जिरिमाया बल, कमला रेग्मी, दिल बहादुर गुरुङ, प्रमोद दाहाल, टीका लामा, शालिकराम ढुंगाना, पवित्रा विक, संजयलाल श्रेष्ठ, पेमाघ्याम्छो लामा, मिना सुवेदी, अनिता महरा, शुसिल राज घिसिङ्ग, चुनुलाल श्रेष्ठ, पवित्रा चौलागाई, कमला लामा, केहरमान वाईवा सर्वसम्मत चयन हुनु भएको छ ।

नेकपा(माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य एवं युवा नेता क. रविराज दंगालको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा जिल्ला समन्वय कमिटी सदस्य क. संन्तोष दंगाल, जिल्ला सल्लाहकार सदस्य सिद्दिलाल लामा, अनेमा संघ(क्रान्तिकारी) नगर ईन्चार्ज जिरिमाया वल, अनेमा संघ(क्रान्तिकारी) नगर अध्यक्ष धनमाया लामा, वडा नं ७ का वडा अध्यक्ष यतिराज सापकोटाले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो भने कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का नेता कुमार लामा योन्जन, वडा नं ९ का नगर प्रतिनिधि शेख अंजर, पुराना कम्युनिष्ट नेता दिल बहादुर गुरुङ र विधार्थी नेताहरु अंकित गौतम, स्यारोलिका लामा, मनिश थपलिया, स्नेहा न्यौपानेको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथी  रविराज दंगालले माओवादीले नै  दलित, महिला, जनजाती, मधेशी, मुस्लिम र उत्पीडित वर्ग समुदायको हक र अधिकार प्राप्तिको निम्ति १० वर्ष जनयुद्ध लडेकोले अब पनि बाकी अधिकारको लागि माओवादी नै लड्ने र त्यसमा साथ दिन सबैमा आग्रह गर्नु भयो ।

वडा नं ८ मा १२५ जना संगठित सदस्य र निजगढ बाहिरबाट संगठित सदस्य भर्ने ३५ जना गरि कुल १६० सदस्य संगठित सदस्य भएको वडामा अन्य पार्टी भन्दा माओवादी बलियो रहेको तर माओवादी चोक र चौतारीमा अनावश्यक गफ गर्दै बस्ने पार्टी नभैइ श्रमजीवी वर्गको पार्टी भएकाले एमाले कांग्रेसजस्तो तडक भडकको पछि नलाग्न सबैलाई आग्रह गर्नु भयो ।गरिब र सुकुम्बासीको पुर्जा बनाउने नाममा नगरपालिकाले वन,नापी र आयोगको प्रतिनिधि नराखी जग्गा नाप्दै नगरले छुट्टाएको रु.४० लाख बजेट सक्ने मात्र काम गरेको भन्दै जनताबाट उठेको करको दुरुपयोग नगर्न समेत नगरपालिकालाई चेतावनी दिदै सबै जनताहरु सचेत रहन आह्वान गर्नु भयो ।

निर्वाचित टिमलाई प्रमाणपत्र निर्वाचन मंडलका संयोजक अनिल पाठक र सदस्य सुनिता सापकोटाले हस्तान्तरण गर्नु भएको थियो भने प्रमुख अतिथिले सबैलाई सफत ग्रहण खुवाएर कार्यक्रम समापन भएको थियो ।
संकलन: अंकित गौतम

nijgadh-supermart-adz1200-630