सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
वि.सं.२०८० वैशाख १९ मंगलवार ११:२६
927
shares

काठमाडौं। नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँमा करोबार भइरहेको छ ।
सोमबार छापावाला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ र तोजावी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीमा प्रतितोला १० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।
वि.सं.२०८० वैशाख १९ मंगलवार ११:२६
















