skip this

विदेशी मुद्राको विनिमय दर, युरोको भाउ १४३ रूपैयाँ नाघ्यो

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ १ पैसा र बिक्री दर १४३ रूपैयाँ ६६ पैसा रहेको छ।

हिजो डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्रीदर १३१ रूपैयाँ ७०  पैसा रहेको थियो भने युरो एकको खरिद दर १४३ रूपैयाँ २७ पैसा र बिक्री दर १४३ रूपैयाँ ९२ पैसा रहेको थियो ।

 अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ १ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४४ पैसा,  बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३५ पैसा र बिक्री दर १६७  रूपैयाँ ११ पैसा कायम गरिएको छ ।

  जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा,,दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ  १२ पैसा र बिक्रीदर  १० रूपैयाँ १७ पैसा रहेको छ।

 यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४  पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३३ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७ पैसा तोकिएको छ ।

nijgadh-supermart-adz1200-630